कोरोना अपडेट– थप २ हजार २०६ जना कोरोना मुक्त, २ हजार ७५३ जना थपिए


२२ कार्तिक २०७७, शनिबार १६:४४ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २ हजार २०६ जना कोरोना मुक्त भएका छन् । हालसम्म १ लाख ५५ हजार ११४ जना कोरोनामुक्त भएका हुन् ।

शनिबार थप २ हजार ७५३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ७५३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म १ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ३५ हजार ४३५ जना आइशोलेशनमा छन् भने १ हजार १४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख २७ हजार ७६६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here