वरिष्ठ पत्रकार सिताराम बर्माको निधन


२१ कार्तिक २०७७, शुक्रबार ०८:५७ मा प्रकाशित

 

काठमाडौं । वरिष्ठ पत्रकार सिताराम बर्माको ७९ बर्षको उमेरमा निधन भएको छ। उनको गएराति काठमाडौंमा उपचारको क्रममा निधन भएको हो।

बर्मा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्ष समेत हुन्। बर्माले लामो समय राससमा आबद्ध रहेर काम गरेका थिए।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here