कैलालीमा दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु


२० कार्तिक २०७७, बिहीबार १५:०२ मा प्रकाशित

कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–१ घोडाघोडी ताल नजिक से१च ५०८४ नम्बरको ट्याक्टरले से५प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

मृतकका आफन्तहरूले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here