ओली र प्रचण्डबीच भेटवार्ता सुरु


२० कार्तिक २०७७, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं । पार्टीमा जारी विवादबारे छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन् । यसअघि दुवै अध्यक्षबीच भएको छलफलमा पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै दुवै नेताहरुले आ आफ्नो ढंगबाट निकटस्थहरुलाई बताएका थिए ।

पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेकपामा तरंग उत्पन्न भएसँगै पुन दुवै अध्यक्ष छलफलमा जुटेका हुन् ।

पार्टीमा देखिएका विवाद पार्टी कमिटी बैठकमा छलफल गर्नुपर्ने नेपाल पक्षले अडान लिएपनि दुवै अध्यक्षबीच सहमति गरेर मात्र बैठक बोलाउने ओलीले अडान लिएका छन् ।

यसअघि दाहाल र ओली पक्षले आफ्नो समूहका नेताहरुसँग निरन्तर छलफल गरीरहेका छन् ।

राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला दुवै नेता पुःन संवादमा जुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here