अमेरिकी चुनाव अपडेटः डेमोक्र्याटिक उम्मेदवार बाइडेन विजय उन्मुख


२० कार्तिक २०७७, बिहीबार ०८:२३ मा प्रकाशित

काठमाडौं । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन् ।

विस्कन्सिनमा (१०) र मिसिगनमा (१६) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए । उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका छन् ।

नेपाली समयअनुसार बिहीबार बिहान यो समाचार तयार पार्दासम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन् ।

उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here