काठमाडौं । नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । बुधबार काठमाडौ १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १०३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार ३ हजार ८४४ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल आइशोलेशनमा ३६ हजार ९११ क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।





