सुनको मूल्य स्थिर


१७ कार्तिक २०७७, सोमबार १२:१७ मा प्रकाशित

 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि आज ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here