काठमाडौं । नेपालमा आइतबार थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ८२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना कोरोना संक्रमति थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ९ सय ६० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
उनका अनुसार आइतबार थप ३ हजार ६ सय २० जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित निको भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना छन् । नेपालमा हालसम्म १४ लाख ५६ हजार ३६६ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।





