मदरसामा भएको विष्फोटमा ७ जनाको मृत्यु


११ कार्तिक २०७७, मंगलवार १६:०९ मा प्रकाशित

 

काठमाडौं । पाकिस्तानको पेशावरस्थित एक धार्मिक स्कुल (मदरसा)मा भएको विष्फोटमा ७ जना बालबालिकाको मृत्यु भएको छ। घटनामा ७० भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । घाइते सबै बालबालिका रहेको पाकिस्तानी अधिकारीले जनाएका छन्।

पाकिस्तानका प्रहरी प्रमुख डाक्टर सनाउल्लाह अब्बासीले घटना पुष्टि गर्दै त्यहाँ टाइम बम राखेको हुनसक्ने बताएका छन् । त्यसबारे अनसन्धान भइरहेको उनले बताएको पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजले जनाएको छ।

समयमै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका कारण धेरैलाई अस्पताल पुर्‍याउन सकिएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here