१७ सय ४१ संक्रमित थपिए, चार हजार ५ निको भए थप १५ संक्रमितको मृत्यु


१० कार्तिक २०७७, सोमबार १९:४६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । यस सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ ।

त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारी अनुसार सोमबार देशभर ४ हजार पाँच जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख १५ हजार ६७५ छ।

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८६२ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र पाँच हजार ६ जनाको मात्र पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here