फेरि फर्कियो युरोपमा कोरोनाको महामारी, फ्रान्समा एकैदिन ४२ हजारमा संक्रमण


८ कार्तिक २०७७, शनिबार १४:३० मा प्रकाशित

 

काठमाडौं । युरोपमा फेरि कोरोना भाइरसको महामारी देखा परेको छ ।

कोरोना भाइरसको सुरूवाती केन्द्र बनेको युरोपमा फेरि दोस्रो लहरको संक्रमण देखा परेको हो । संक्रमण देखिएसँगै विभिन्न मुलुकहरूले प्रतिबन्धहरू लगाउन थालेका छन् । कतै कर्फ्यू र आंशिक लकडाउन लगाइएको छ ।

प्रतिबन्धका बाबजुद संक्रमण दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकहरूमा मात्रै पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा धेरै फ्रान्समा मात्रै पछिल्लो २४ घण्टामा ४२ हजार ३२ जनामा संक्रमण भएको छ । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।

वर्ल्डो मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा २० हजार, स्पेन र इटालीमा १९–१९ हजार जनामा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here