बीपी प्रतिष्ठान धरानमा पाँच महिने संक्रमित बालिकाको मृत्यु


८ कार्तिक २०७७, शनिबार ११:३७ मा प्रकाशित

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएकी बालिकाको उपचार क्रममा साँझ मृत्यु भएको हो ।

बालिकामा ब्रेनसँग सम्बन्धित हाइपोक्सिक इसेमिक इन्सेसाइप्याथी भएको श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here