रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने


५ कार्तिक २०७७, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन् ।

रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन्।
राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुपमा बनाइएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ। पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। यसरी बत्ती बाल्दा मन्दिरको ऐतिहासिक स्वरुपमा असर नपुगोस् भनेर विशेष ध्यान दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here