थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


४ कार्तिक २०७७, मंगलवार १७:३७ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार थप ३०९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३०९३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७६५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप २१०८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९६ हजार ६०९ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । हाल क्वारेन्टाइनमा ४२२० जना छन् भने नेपालमा हालसम्म १३ लाख १४ हजार ७७९ वटा पिसिआर परिक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here