बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेललाई कोरोना संक्रमण


४ कार्तिक २०७७, मंगलवार १०:२२ मा प्रकाशित

बुधबारे । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

छातीमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत् अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।

अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here