विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड भन्दा बढी


४ कार्तिक २०७७, मंगलवार १०:०७ मा प्रकाशित

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ।

पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ४ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४ करोड २ लाख ६३ हजार पुगेको हो। हिजो भारतमा सबैभन्दा धेरै ५५ हजार संक्रमित थपिएका छन्।

त्यस्तै अमेरिकामा ४४ हजार ९ सय, फ्रान्समा २९ हजार, ब्राजिलमा १० हजार ९ सय र रुसमा १५ हजार मानिसमा कोरोना पुष्टि भएको छ। यस्तै विश्वभर हालसम्म ३ करोड भन्दा बढी मानिस संक्रमणमुक्त हुँदा ११ लाख १८ हजार मानिसले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा झन्डै चार हजार मानिसको मृत्यु भएको छ। भारतमा ५५६, अमेरिकामा ४४८ , मेक्सिकोमा ३५५, ब्राजिलमा २१५, रुसमा १८५ र अर्जेन्टिनामा १६० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here