साझा युवा संगठन झापाको संयोजकमा व्यवसायी राजेन्द्र खनाल


२ कार्तिक २०७७, आईतवार ११:२७ मा प्रकाशित

झापा । साझा युवा संगठन प्रदेश नम्बर १ ले झापा जिल्ला समिति घोषणा गरेको छ।

शनिवार अनलाइन बैठक मार्फत घोषणा गरिएको झापा जिल्लाको समितिको नेतृत्व विर्तामोड निवासी राजेन्द्र खनालले गरेका छन् भने सचीवमा कमल गाउँपालिकाका भवानी सापकोटा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमलका मनोज गौतम, कमलका विनोद खवास, बाह्रदशीका प्रदीप तिम्सिना, हल्दिबारीका नितेस ओली, हल्दिबारीका विकास चौहान, हल्दिबारीका सागर कार्की, कनकाईका आ. मदन अधिकारी, कमलका क्षितिज ढुङ्गगेल, विर्तामोडका नवीन बराल, कमलका नबराज खड्का, कमलका देवराज पौडेल, कनकाईका विन्दुराज दाहाल, विर्तामोडका तुलसी खतिवडा, कमलका दिवस न्यौपाने, कमलका रबिन खड्का, दमकका रोहित बुढाथोकी, शिवसताक्षीका केशव ढकाल, भद्रपुरका मन कुमार वन, कमलका अनुप न्यौपाने, बुद्धशान्तिका रोशन ढकाल, गौरादहका आशिष सुवेदी, दमकका जय बिमली, कनकाईका प्रकाश प्रसाईं, विर्तामोडकी सरिता थापा, विर्तामोडका खगेन्द्र मैनाली, बुद्धशान्तिका राजेन्द्र अधिकारी, मेचिनगरका अमृत शर्मा, विर्तामोडका रविन कोईराला, विर्तामोडकी ज्योति श्रेष्ठ, अर्जुनधाराका मुकेश कुमार जैन, मेचिनगरकी आरती आचार्य, दमककी सीता खड्का, विर्तामोडका नवीन उप्रेती, कमलका जीवन सापकोटा, कमलका रुद्र पानस, दमकका भुपाल राई, कमलका नवराज अधिकारी, विर्तामोडका तेजस थापा, कमलका संजय अधिकारी, झापा गाउँपालिकाका विनोद खड्का, बाह्रदशीका सन्तोष ओली रहेका छन् ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै आफ्नो संगठनलाई जिल्लाका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने र आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप शसक्त बनाउदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप निर्माण गर्ने लक्ष लिएको छ ।

सबै स्थानीय तहका युवाहरु समेटेर भएको जिल्ला समितिको घोषणाले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई शसक्त बनाउने साझा युवा संगठन प्रदेश नम्बर १ का संयोजक सरोज नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here