उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु


२ कार्तिक २०७७, आईतवार ०९:१८ मा प्रकाशित

उदयपुर । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here