मेचीनगर बाट ब्राउनसुगर सहित दुई जना पक्राउ


२६ आश्विन २०७७, सोमबार १२:०९ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका–७ बस्ने ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर–८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

आईतबार दिउसो पौने ४ बजे दुबैजनालाई मेचीनगर–७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका दर्जी र राजवंशी उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here