सीमा विवादबारे भारत–चीन बीच आज वार्ता हुँदै


२६ आश्विन २०७७, सोमबार १२:०१ मा प्रकाशित

काठमाडौं । सीमा क्षेत्र पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि भारत र चीनका सैन्य कमाण्डरबीच आज वार्ता हुँदैछ।

वार्तामा दुवै देशका कुटनीतिज्ञसमेत सहभागी हुने जनाइएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार कुटनीतिज्ञसहित पहिलो पटक वार्ता हुन लागेको हो।

तर यस क्षेत्रमा जारी तनाव अन्त्यका लागि भन्दै यसअघि ६ पटकसम्म वार्ता भइसकेको छ। वार्तामा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुनेछन्।

पछिल्लो समय चिनियाँ सैनिक पिएलएले भारतीय सैनिकले सीमा रेखा तोडे गोली चलाउने चेतावनी दिइसकेको छ। यसअघि लद्दाखमा दुई देशका निशस्त्र सैनिकबीचको झडपमा भारतीय सैनिकका एक मेजरसहित २० सैनिकको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here