अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनामुक्त


२३ आश्विन २०७७, शुक्रबार ०९:३७ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमणमुक्त भएका छन्। उनको उपचारमा संलग्न चिकित्सकहरुले ट्रम्प पूर्णरुपमा कोरोना संक्रमणमुक्त भइसकेका र भोलिसम्ममा सार्वजनिक काममा फर्किन सक्ने बताएका छन्।

डा. सेन कोन्लीले ट्रम्प पूर्णरुपमा निको भएको र उपचारको क्रम भने चलिरहेको बताएका छन्। ट्रम्पले आज पुनः कोरोना परीक्षण गराउने छन्। यसअघि चार दिन सैन्य अस्पतालमा उपचार गराएर ट्रम्प ह्वाईट हाउस फर्किएका छन्।

आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्प केही दिनमै चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुने तयारी गरेका छन्। निर्वाचनअघि हुने राजनीतिक बहसमा उनी आगामी हप्ता सहभागी हुने कार्यक्रम छ।

रिपब्लिकन पार्टीका तर्फबाट आगामी कार्यकालका लागिसमेत उम्मेदवार रहेका ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग भिड्दै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here