नेपालमा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि


२२ आश्विन २०७७, बिहीबार १७:३५ मा प्रकाशित

काठमाडौं । नेपालमा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५६१ महिला र २८०३ पुरुष गरि थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७९९ महिला र १२८६ पुरुष गरि २०८५ जना, भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरि १३५ जना र ललितपुरमा १२४ महिला र १९६ पुरुष गरि ३२० जनामा कोरोना देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

त्यस्तै बिहीबार २६ सय ७५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै होम आइशोलेशनमा १४ हजार ९६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार ७१७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ३१ हजार ९५८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here