ओलीलाई भेट्न बालुवाटार पुगे अर्का अध्यक्ष प्रचण्ड


२२ आश्विन २०७७, बिहीबार १३:०५ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेका छैन। मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ। मन्त्रिपरिषद् पुनर्गठन दशैंतिहार अघि हुने सम्भावना कम भएको नेताहरुले बताउन थालेका छन्।

त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि आज छलफल हुने बताइएको छ । अत असोज ६ गते बसेको सचिवालय बैठकले एकताका काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। तर, उक्त प्रस्ताव तयार भइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here