एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले चौथो हार ब्यहोरेको छ। बुधबार राति सम्पन्न खेलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो।
जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो। चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ५० रन बनाए पनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन। कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो। ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए। चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए। यस्तै करण शर्मा, शार्दुल ठाकुर र साम करन २र२ विकट हात पारे।
यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेन्नई पुछारबाट चौथो स्थानमा छ। प्रतियोगिता अन्र्तगत बिहीबार सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जाब बिच प्रतिस्पर्धा हुनेछ।





