फेसबुक र ट्विटरले हटायो ट्रम्पको कोरोनाबारे विवादास्पद स्टाटस


२१ आश्विन २०७७, बुधबार १०:१० मा प्रकाशित

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गरेको कोरोना भाइरसबारे विवादास्पद स्टाटस फेसबुक र ट्विटरले हटाइदिएको छ।

ट्रम्पले हिजो अमेरिकामा हुने सिजनल फ्लू कोरोनाभन्दा पनि खतरानाक हुने भनेर पोष्ट गरेका स्टाटस फेसबुकले डिलिट गरिदिएको छ। यस्तै, ट्विटरले पनि हाइड गरिदिएको छ। कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै ट्रम्पको पोष्ट हटाइदिएको फेसबुकले जनाएको छ।

ट्रम्पले ‘फ्लूको सिजन आउँदैछ, भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाखभन्दा बढी मानिस यसबाट मर्छन् तसर्थ फ्लूबाट पनि कोरोनासँग जस्तै बाँच्न सिक्नुपर्छ किनकि कोरोना फ्लूभन्दा कम प्राणघातक हो’ भनेर पोष्ट गरेको स्टाटस फेसबुक र ट्विटरले डिलिट गरिदिएको बिबिसीले जनाएको छ।

ट्रम्प आफैँ पनि कोरोना संक्रमित भएर ह्वाइट हाउसमा उपचार गराइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here