प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास


२० आश्विन २०७७, मंगलवार १५:५४ मा प्रकाशित

काठमाडौँ । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र प्रदेशको नामाकरण लुम्बिनीको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको छुट्टाछुट्टै मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो । प्रदेशको स्थायी राजधानीको मतदानबाट पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको छ भने नामाकरणका्े प्रस्तावमा लुम्बिनी प्रदेश नामको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । आज सम्पन्न मतदानबाट प्रदेशको राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।

प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरु सहित नेपाली काँग्रेसका केहि सांसद तथा संघिय समाजबादी पार्टीका सांसदले मत ब्यक्त गरेका थिए । काँग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने विपक्षमा मत हालेका थिए । १ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।

प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली काँग्रेसका केहि सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन ।

काँग्रेस संदीयदलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन ।

यस अघि आजको प्रदेशसभाको प्रारम्भमा विपक्षीदलका नेता बिरेन्द्र कनोडियाले सरकारले लोकतान्त्रीक बिधि नअपनाएको भन्दै दुःख ब्यक्त गरेका थिए । उनले सोमबारको घटना प्रति दुःख प्रकट गर्दै बैठक सञ्चालमा अवरोध नगर्ने प्रतिबद्धता जनाए पछि बिशेष समय लिएर प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

प्रदेशको राजधानी र नामाकरण पारित भएसँगै प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएको छ । सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले पठाउनु भएको प्रदेशसभा अन्त्यको सुचना सभामुख पुर्ण घर्तीले सभामा पढेर सुनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here