बलात्कारको घटना गुपचुप पारेको आरोपमा ६ पक्राउ


२० आश्विन २०७७, मंगलवार १२:२३ मा प्रकाशित

कैलाली । बझाङमा साउन २६ गते भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा संलग्न भनिएको यो घटना गाउँमै गुपचुप पारिएको थियो ।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए ।

सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here