झापामा शुक्रबार थप २३ जनामा कोरोना संक्रमण


१६ आश्विन २०७७, शुक्रबार १९:१७ मा प्रकाशित

झापा । जिल्लामा थप २३ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ जना महिला र १४ जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु भद्रपुरका दुई पुरुष दुई महिला गरि चार जना , मेचीनगरका पाँच महिला ११ पुरुष गरि १६ जना बिर्तामोडका एक पुरुष र कान्काईका दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

मेचीनगरका तीन जना भारतबाट आएका र अन्य सबै स्थानीय रहेको कार्यालयले जनाएको छ । मेचीनगरमा संक्रमण पुष्टि भएका दुई जना काठमाडौँ र एक जना सिन्धुपाल्चोक ठेगाना भएको बताइएको छ । आज थपिएका संक्रमितहरु ८ देखी ९० वर्षसम्मका छन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ९०३ पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ८०२ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ९३ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here