काठमाडौं । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ९६५ महिला र १७५७ पुरुष गरि थप २७२२ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा महिला ४७० र पुरुष ८१० गरि १२८० जना, भक्तपुरमा ८० महिला र ११६ पुरुष गरि १९६ जना र ललितपुरमा ७७ महिला र ८५ पुरुष गरि १६२ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४२० सय पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।
त्यस्तै शुक्रबार ३३०७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६०,६९६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै होम आइशोलेशनमा ११ हजार ७६० जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ४८ हजार ६८६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।





