झापा । झापा जिल्लामा स्वास्थ्यकर्मी सहित थप दश जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् ।
बिहिबार थपिएका संक्रमितहरु अर्जुनधाराका दुई पुरुष, बिर्तामोडका दुई महिला दुई पुरुष, गौरादहका एक महिला र कानकाईका दुई महिला र एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ । बिर्तामोडमा संक्रमण पुष्टि भएका एक जना इटहरी ठेगाना भएका सुरक्षाकर्मी रहेको, अर्जुनधारमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब कोशी अस्पतालबाट र गौरादहमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जिवन चम्लागाईले जानकारी दिए ।
बिहिबार थपिएका संक्रमितहरु २२ देखी ९० वर्षसम्मका छन् । बिहिबारसम्म झापामा कुल संक्रमितको संख्या ८८० पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७८९ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ८३ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।





