सरकारी निर्णय मिचेर विद्यालय खोले कारबाही गर्ने चेतावनी


१५ आश्विन २०७७, बिहीबार २०:०५ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय विपरीत आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको बताए ।

बुधबार गरिएका परिपत्रमा सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी भएको भनिएको छ । महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन गरिन थालेपछि अभिभावकको पनि गुनासो आएको बताउँदै दाहालले सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न आग्रह गरे ।

सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गर्छ भने त्यो कारबाहीको विषय भएको दाहालले बताए । दाहालका अनुसार उपत्यकामा लागू गरिएको जोरविजोर प्रणालीलाई पनि कडाइका साथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here