भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो


१२ आश्विन २०७७, सोमबार १२:३३ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ ।

पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४०७ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here