खोलाले बगाउँदा दम्पतीको मृत्यु


११ आश्विन २०७७, आईतवार १४:१५ मा प्रकाशित

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलाले बगाउँदा दम्पतीको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–६ का ज्ञानबहादुर परियार र उहाँकी श्रीमती तुलसा मकवानपुरगढी गाउँपालिका–३ तर्फ जान सामरी खोला तर्ने क्रममा आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिएका छन्।

खोलाले बगाएर करिब ६० मिटर तल पुर्‍याएको प्रहरी नायव निरीक्षक केसीले जानकारी दिएका छन्। जिल्ला प्रहरीको मुचुल्का टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए।

शुक्रबार र शनिबार मात्रै जिल्लाको हेटौंडा–१९, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकामा पनि खोलाले बगाउँदा तीनजनाको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here