भारतका पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन


११ आश्विन २०७७, आईतवार १२:२६ मा प्रकाशित

काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। मन्त्री सिंहको ८२ वर्षको उमेरमा दिल्लीको आर्मी अस्पतालमा आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनी अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here