लोक सेवा आयोगले रोकिएको परीक्षाहरु कात्तिकदेखि सञ्चालन गर्ने


९ आश्विन २०७७, शुक्रबार २१:२४ मा प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले लकडाउनमा रोकिएको परीक्षाहरु कात्तिकदेखि सञ्चालन गर्ने भएको छ। आयोगले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका सार्वजनिक गरेको हो।

सूचनामा भनिएको छ,‘कोभिड–१९ को विश्वव्यापी महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ सूचना अनुसार परीक्षा कात्तिक १८ देखि सुरु हुनेछन्।

आयोगले जारी गरेको सूचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here