लगातार ३ दिन घटेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढ्यो


९ आश्विन २०७७, शुक्रबार १३:३७ मा प्रकाशित

काठमाडौँ । लगातार ३ दिन घटेको सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो । बिहीबार सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here