छतबाट झर्दा एक बालिकाको मृत्यु


९ आश्विन २०७७, शुक्रबार ११:५५ मा प्रकाशित

झापा । बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन ।

उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here