हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’ नेपालीबजारमा


६ आश्विन २०७७, मंगलवार १३:१७ मा प्रकाशित

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले प्रतिक्षारत हुण्डाईको ‘नयाँक्रेटा-दिअल्टिमेट एस.यू.भि’ नेपालीबजारमा सार्वजनिक गरेको छ ।

सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूबपेजबाट भर्चुअल वेभकास्ट गरी‘क्रेटा-दि अल्टिमेट एस.यू.भि’ नेपालमा सार्वजनिक गरिएको हो । नयाँ क्रेटाकोबारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धकश्री रूपेश शर्मा भट्टले भने, ‘वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँचहजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अबक्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँक्रेटा-दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।’

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ ‘दि अल्टिमेट एस.यू.भि’ बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

नेपालीग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाईले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here