नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति ?


५ आश्विन २०७७, सोमबार १३:२५ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here