चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण


४ आश्विन २०७७, आईतवार ०७:३७ मा प्रकाशित

चितवन । चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन् ।

भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here