महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने तयारी


३ आश्विन २०७७, शनिबार १३:१२ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने गरी छलफल भइरहेको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने समेत छलफल भइरहेको छ । उनले नेपाली समाज लोकतान्त्रिक पद्धतिमा गएको भन्ने नजिरका लागि पनि खेलाडीको तलब समान गर्ने योजनामा बनिरहेको बताएका छन् ।

अहिले एन्फाले खेलाडी र कर्मचारीको तलब बढाउने छलफल गरिरहेको छ । अब बढ्ने तलब खेलाडी र कर्मचारीहरुले साउनदेखिकै पाउनेछन् । खेलाडीको तलब व्यवस्थापनका लागि बजेट समायोजनको काम भइरहेको ती पदाधिकारीले भने ।

अहिले पुरुष राष्ट्रिय टीमका खेलाडीले मासिक १५ हजार पाउँछन् भने महिला टोलीका खेलाडीले ७ हजार पाउँदै आएका छन् । अब खेलाडीको तलब बढ्दा २० हजार वा २५ हजार गर्ने गरी छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here