इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन


३ आश्विन २०७७, शनिबार ११:४७ मा प्रकाशित

इजरायल । इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिएको छ ।

महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि फेरि लकडाउन गरिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले जनाएका छन् । ९० लाख जनसंख्या भएको इजरायलमा पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजारभन्दा बढीलाई संक्रमण भएको छ।

यसअघि इजरायलले मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म पनि लकडाउन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here