आइपीएल आज सुरू हुँदै


३ आश्विन २०७७, शनिबार ०७:३९ मा प्रकाशित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् ।

मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here