सुनको मूल्य प्रतितोला चार सयले बढ्यो


२ आश्विन २०७७, शुक्रबार १३:३८ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here