बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ


२९ भाद्र २०७७, सोमबार १७:४३ मा प्रकाशित

नेपालगन्ज । बाँके प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ घोराहीका २४ वर्षीय वसन्त घर्ती र रुकुमपूर्वका उत्तर गंगाका ५३ वर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको खटिएको टोलीले लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न घर्ती र सेनलाई बाँकेको कुसुमबाट पक्राउ गरेको हो।

उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

पक्राउ परेका अभियुक्तहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम कानुनी कारबाही हुनेछ। अभियोग पुष्टि भएमा १५ वर्ष जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्‍यवस्था रहेको प्रहरी उपरीक्षक रानाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here