नेपालमा सोमबार थप ११ सय ७० जनामा संक्रमण


२९ भाद्र २०७७, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौं । देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए।

थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। हाल देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८८९ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए।

यस्तै, प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहनेहरूको कुल संख्या ८ हजार ११८ छ भने होम आइसोलेसनमा रहनेहरूको कुल संख्या ७ हजार २७५ छ ।

त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको कुल संख्‍या ६ हजार ८९२ छ। त्यसैगरी, हाल देशभरका विभिन्‍न अस्पतालहरूमा आइसियुमा उपचाररतहरूको संख्या १७९ छ भने भेन्टिलेटरमा उपचाररतहरूको संख्या २९ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here