चितवन मेडिकल कलेजमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


२९ भाद्र २०७७, सोमबार ०८:३९ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । त्यसमध्ये चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक, एक जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here