काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सुखद सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै साविक विजेता लिभरपुरलले सुखद सुरुवात गरेको हो ।
एनफिल्मा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक–एक गोल फर्काए ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ । उसले फुलहमलाई ३–० गोल ले पराजित गरेको हो । अन्य खेलहरुमा क्रिष्टल प्यालेसले साउथ ह्याम्पटनलाई १–० र न्युक्यासलले वेष्ट ह्यामलाई २–० ले पराजित गरेको छ ।





