कंगोको सुनखानीमा पहिरोले पुरिएर ५० जनाको मृत्यु


२८ भाद्र २०७७, आईतवार ०९:०१ मा प्रकाशित

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ ।

केही दिनदेखिको भारी वर्षापछिको पहिरोले दक्षिण किबु प्रान्तको कमितुगा शहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी अरू कयौँ मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् ।

घटनामा बाँच्न सफल भएकाहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका अनुसार खानीका लागि खनिएका तीनवटा गहिरा खाडलमा पानी पसेर पहिरो गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here