बिर्तामोडका १५ जना सहित झापामा ३२ जनामा कोरोना संक्रमण


२१ भाद्र २०७७, आईतवार १७:३७ मा प्रकाशित

झापा । झापा जिल्लामा आइतबार थप ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १७ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार संक्रमित हुनेहरुमा मेचीनगरका ४ पुरुष, १ महिला , बिर्तामोडका १३ महिला , २ पुरुष , कमलका ३ महिला, ८ पुरुष र कनकाईका १ जना पुरुष रहेका छन् ।

जसमा मेचीनगरका २ जना सुरक्षकर्मी र ३ जना भारतबाट आएका, बिर्तामोडका १२ जना स्वस्थ्यकर्मी र ३ जना स्थानीय , कमल र कनकाईका १२ जना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । आज थपिएका संक्रमितहरु ९ देखि ७७ वर्ष सम्मका रहेका छन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ७०८ पुगेको छ भने शनिबार सम्म ४८१ जना डिस्चार्ज भएर घर फर्की सकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here